रणवीरपछि आलिया भट्ट कोरोना संक्रमित
नयाँ दिल्ली। भारतको कोरोनाको दोस्रो लहर सुरु भएपछि बलिउड कलाकार धमाधम संक्रमित हुन थालेका छन्। पछिल्लो समय बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ। आलियाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन्। अहिले आलिया क्वारेन्टिनमा बसेकी छन्।
आलिया भट्टले सामाजिक संजालमा आलियाले आफूलाई कोरोना भएको जानकारी दिएकी हुन्। उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘सबैलाई नमस्कार, मेरो कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको छ। मैले तत्काल आफूलाई आइसोलेट गरेकी छु। र, म घरमै क्वारेन्टिनमा बसेकी छु। डाक्टरको निर्देशनमा सबै कोभिड प्रोटोकल्सको पालना गरिरहेकी छु। तपाईँहरु सबैको माया र सद्भावका लागि धन्यवाद। तपाईँहरु सबैले आफ्नो ख्याल गर्नुहोला।’
आलियाको पोस्टमा सबैले चाँडो निको हुन कामना गरिरहेका छन्।बलिउड पछिल्लो समय एकपछि अर्को गर्दै कोरोनाको चपेटमा आएको छ। केही कलकारले कारोनालाई पराजित गरेका छन्। केही दिन पहिला अभिनेता रणवीर कपुर पनि कोरोना संक्रमित भएका थिए। त्यसपछि उनी क्वारेन्टिमा बसेका छन्।
बलिउडका रणवीर कपुर, संजय लीला भन्साली, अमिर खान, आर माधवन, मिलिन्द सोनम, तारा सुतारिया, मनोज बाजपेयी, कार्तिक आर्यन, सिद्धान्त चुतुर्वेदी, बप्पी लहरी र सतीस कौशिकलाई कोरोना पुष्टि भइसकेको छ।
Facebook Comment