मेलम्ची पानी: ढिलो आयो कडा आयो! आखिर कसले ल्यायो ? (कविता)

डिसी नेपाल
२१ चैत २०७७ ७:४२

मेलम्ची पानी: ढिलो आयो कडा आयो! आखिर कसले ल्यायो ?

मनमा प्रश्न उब्जायो, आखिर कसले ल्यायो?

हिजोले ल्यायो , आजले ल्यायो कि भोलिले ?
किसुनजी ले या बिनादीले कि केपी ओलीले ?

विदेशी दाता, ठेकदारले, डकर्मीले, या इन्जिनियर
या त्यो हरेक लगानीकर्ता जसले किन्यो शेयर ?

लाज लाग्नु पर्छ आज मेरा दलका नेताले ल्याए भन्न!
३ वर्षको काम ३ दशक लाग्यो कसरी भुल्यौ गन्न?

सबै भन्दा ढिलो भएको परियोजनामा खै के गरूँ गर्व ?
५ अर्बको सुरुवाती लागत, आखिर लाग्यो ५० अर्ब!

नगरौँ “हाम्रा” नेताले गरेर आयो भन्ने झुटो दम्भ,
सोधौँ आखिर किन भो काममा यस्तो विधि विलम्ब ?

लेख आ-आफ्नै मिडियामा, आफ्नै पत्रकारबाट, आफ्नै झुटो कहानी
३० वर्षमा आउँछ परियोजनाको पानी ! भविष्यमा को गर्ला लगानी ?

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *