सुमधुर स्वरकी धनि गायिका गुन्जनको नयाँ गीत ‘सानी भनेर’ सार्वजनिक

डिसी नेपाल
२६ चैत २०७७ २१:४२

काठमाडौं । सुमधुर स्वरकी धनि गायिका गुन्जन उपाध्यायको नयाँ गीत ‘सानी भनेर’ सार्वजनिक भएको छ । उक्त गीतमा गुन्जनलाई गायक विश्व नेपालीले साथ दिएका छन् । अमेरीकामा बस्दै आएकी गायिका उपाध्यायले यस पटक आफ्नै युटुव च्यानल नेपसिस्टरबाट गीत सार्वजनिक गरेकि छिन् । यस गीतमा शब्द एवं संगीत तुंग नेपालको रहेको छ ।

यस गीतको भिडियोमा प्रयास वान्तवा राई र लोसिना लामिछानेको अभिनय रहेको छ । भिडियोलाइ सुरज तमुले निर्देशन गरेका हुन् । यस गीतले श्रोता दर्शकको मन जित्नेमा गुन्जन विश्वस्त छिन् । संगीतकार एवं गीतकार नेपाल गायिका गुन्जनका पिता हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *