स्पेनका ८२ वर्षीय वृद्ध नेपालका अग्ला हिमाल चढ्ने तयारी गर्दै

फुर्पा शेर्पा
२८ चैत २०७७ १८:५८
132
Shares

काठमाडौं। ८२ वर्षीय स्पेनिस पर्वतारोही कार्लोस सोरिया फन्टन विश्वका सर्वोच्च शिखरहरू चढ्ने व्यक्ति हुन्। स्पेन, म्याड्रिमा बस्दै आएका कार्लोस सोरिया हाल वसन्त ऋतुमा फेरि एकपटक हिमालको पातलो हावाको अनुभव लिन नेपाल आएका छन्। नेपालको धौलागिरी हिमाल आरोहण गर्ने योजना रहेकाले अहिले सोलुखुम्बुको खुम्बु गाउँमा तर्फा वयं पैदल यात्रामा उनी व्यस्त छन्।

विश्वका सर्वोच्च शिखरहरू चढ्न आएका ८२ वर्षीय स्पेनिश पर्वतारोही कार्लोस सोरिया फन्टनले विश्वका १४ सर्वोच्च शिखरहरू चढ्ने लक्ष्यका साथ नेपाल आएका छन्। उनले अहिलेसम्म विश्वका १२ सर्वोच्च शिखरहरू चढिसकेका छन्।

सोरिया आफ्नो धौलागिरी हिमाल आरोहण गर्ने योजना पूरा गर्न नेपाल आइपुगेका हुन्। यदि उनको सो लक्ष्य पूरा भए तिब्बतको शिशापआङमाको उच्च शिखरको आरोहण गर्ने र विश्वको १४ सर्वोच्च शिखरहरू चढ्ने सबैभन्दा वृद्ध पर्वतारोही बन्ने छन्।

‘अहिले सोरिया सोलुखुम्बुको खुम्बु गाउँमा पैदल यात्रा गरिरहेका छन्। त्यसपछि एभरेष्ट वेस क्यामसम्म पैदल यात्रा गरेर काठमाडौं फर्कने छन्। अबको केही दिनपछि काठमाडौं आउने र यही अप्रिलका १४–१५ मा धौलागिरी आरोहण गर्ने छन्’, कार्लोस सोरियाका माउन्टेन गाइड सेभेन समिट ट्रेकका पार्वतारोहण गाइड मिङ तेम्बा शेर्पाले डिसी नेपाललाई बताए।

कार्लोस विश्वका १२ ओटा सर्वोच्च शिखरहरू आरोहण गरिसकेका छन्। ५१ वर्षदेखि नाङ्गा पर्वत हिमाल, माउन्ट ग्यासब्रम–१, माउन्ट ग्यासब्रम–२, माउन्ट चो ओयू, माउन्ट एभरेस्ट, माउन्ट केटु, व्रोड पिक, माउन्ट मकालु, मनासलु, लोटसे, कंचनजंगा हिमालहरुको आरोहण गरिसकेको छन्।

सन् २०१३ मा मीनबहादुर शेरचनले सबैभन्दा वृद्ध पर्वतारोहीको कीर्तिमान तोडेका थिए भने जापानका अर्का यस्तै आरोही यूछिरो मिरुवाले सन् २०१३ मा ८० वर्षको उमेरमा सगरमाथामा पाईला टेकेर मीनबहादुरको ७६ वर्षको कीर्तिमान तोडेका थिए। पछि सगरमाथा आरोहणको तयारीको क्रममा सन् २०१७ मा मीन बहादुर शेरचनको आधार शिविरमा मृत्यु भएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *