नयाँ बसपार्ककाे गेस्ट हाउसमा युवकको शव फेला, दुईजना पक्राउ

डिसी नेपाल
२९ चैत २०७७ १४:०९
348
Shares

काठमाडौं। काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक युवकको शव फेला परेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले गोङ्गबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको जानकारी दिए।

शनिबार राति १० बजे गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो। नागरिकताको आधारमा मृतकको परिचय खुलेको हो भने शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको डीएसपी खड्काले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *