काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

डिसी नेपाल
३० चैत २०७७ ११:४८
88
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको आज दिउँसो २ बजे बस्ने तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ। नयाँ सत्ता समीकरणदेखि २०७८ भदौमा हुने कांग्रेस १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।

तर वरिष्ठ नेता रामचन्द्र पौडेललाई भातृशोक परेपछि बैठक स्थगित भएको केन्द्रीय सदस्य एनपी साउदले बताए। नेता पौडेलले आज बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको निधन भएको जनाएका थिए।

पौडेलले लेखेका छन्–मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ। हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए। प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरी सबै कुरामा सहयोगी थिए। मेरो राजनीति जीवनकालमा सधैं सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफूलाई एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ गोबिन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *