छोरीको सम्झनामा बेलायतबाट भावविह्वल बन्दै ज्योतिले भनिन् ‘मुटुको टुक्रा’लाई सम्झिरहेछु

डिसी नेपाल
३० चैत २०७७ ११:५५

काठमाडौं । ज्योति गुरुङ मर्मस्पर्शी तथा मन छुने शब्द लेख्नमा माहिर गीतकार मानिन्छिन् । लोक र आधुनिक गीतमा दिल छुनेगरी शब्द सिर्जना गर्न अब्बल गीतकार ज्योतिको ‘मुटुको टुक्रा’ गीतको भिडियो बेलायतबाट सार्वजनिक गरिएको छ । ज्योतिको शब्द सिर्जना रहेको गीतमा सुरज लामिछानेको संगीत र एरेन्ज रहेको छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नो दुई सन्तानको सम्झनामा उपहार स्वरुप भिडियो पस्किएकी हुन् । गायिका देवी घर्ती मगरले आवाज दिएकी गीतमा स्वयम ज्योतिकै सशक्त अभिनय देख्न सकिन्छ । गीतमा बाल कलाकार काव्या श्रेष्ठका साथमा अंनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा बाध्यात्मक परिस्थितिले विदेशीनुको पीडा र भोगाइ प्रस्तुत गरिएको छ । गीतकार ज्योतिले प्रवासबाट यस कोशेली दर्शकका लागि पस्किन पाउँदा खुशी लागेको बताएकी छन् । बेलायतमा रहेर पनि ब्याक टु ब्याक उत्कृष्ट भिडियो निर्माण र ब्यस्त निर्देशकको परिचय बनाएका निर्देशक कुशल श्रेष्ठले सार्वजनिक भिडियोलाई निर्देशन गरेका हुन् । जसमा छायांकन, सम्पादन, परिकल्प्ना पनि निर्देशक श्रेष्ठकै रहेको छ । भिडियोमा नबिन निरौलाको कलरिङ्ग, दीपिका श्रेष्ठको मेकअप रहेको छ । भिडियो गीतकार ज्योतिकै युट्युव च्यानल जेजी क्रियशनबाट बजारमा आएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *