सुन तोलामा सय रुपैयाँ बढ्यो

डिसी नेपाल
३० चैत २०७७ १२:४१

काठमाडौं। साताको दोस्रो दिन साेमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। सोमबार सुन प्रतितोला एक सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबार सुन तोलामा ४ सय रुपैयाँ घटेर ८९ हजार ५ सयमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ५० मा भइरहेको छ।

सोमवार चाँदीको मूल्य भने स्थिर छ । आइतवार प्रतितोला एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *