चालु आर्थिक वर्षको कर चैत मसान्तभित्र तिर्न विभागको ताकेता

डिसी नेपाल
३० चैत २०७७ १४:३८

काठमाडौं। आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्षको आयकरको दोस्रो किस्ता चैत मसान्तभित्र तिर्न अनुरोध गरेको छ। विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्षको आयकरको दोस्रो किस्ता वापत तिर्न बाँकी रहेकाे कर तिर्न आग्रह गरेको छ।

अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर रकम चैत मसान्तभित्र बुझाउन अनुरोध गरेको हो।

यस्तै, विभागले यसअघि पेश गरेको अनुमानित आय विवरणमा संशोधन गर्नुपर्ने भएमा सो समेत ठूला करदाता कार्यालय, मध्यमस्तरिय करदाता कार्यालय, करदाता सेवा कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दाखिला गरे थप शुल्क, जरिवाना र ब्याज नलाग्ने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *