सेयर बजारले बनायो फेरि नयाँ कीर्तिमान, परिसूचक १७ अंकले बढ्यो
काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १७ दशमलव २० अंकले बढेको छ। यो सँगै नेप्से परिसूचक २६ सय ९१ दशमलव ५५ अंकमा बन्द भएको छ। यो सेयर बजार इतिहासकै सर्वाधिक उच्च विन्दु हो।
साताको पहिलो दिन आइतबार घोडेजात्राका कारण बन्द रहेको बजार सोमबार खुलेको हो। सोमबार सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७८ अंकले बढेको छ।
यस दिन कुल २ सय १६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता सेयर ७ अर्ब ६१ करोड ८ लाख बढी रकमको सेयर किनबेच भयो।
सर्वाधिक कमाउनेमा लघुवित्तका सेयर लगानीकर्ता अगाडि देखिए। एनआइसी एसिया लघुवित्त, महिला लघुवित्त, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै छ्याङ्दी हाइड्रो र ज्योति लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशतले बढेको छ।
समग्र बजार बढ्दा पनि सान्जेन जलविद्युतको मूल्य ४ प्रतिशतले घट्यो। हिमाल दोलखाको मूल्य पनि करिब ४ प्रतिशतले घटेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment