३० तला माथिबाट बलात्कार पीडित किशोरी हाम्फालिन्, प्रहरीले सुपरहिरोले जस्तै बचाए

डिसी नेपाल
१ वैशाख २०७८ १०:४८

काठमाडौं। यौन आक्रमणकारीबाट बच्न ३० फिट माथिको झ्यालबाट हाम्फाल्न बाध्य भएकी एक किशोरीलाई प्रहरीले सुपरहिरोले जस्तै बचाएका छन् । १८ वर्षकी ती किशोरीलाई १९ वर्षकी एक साथीकै सहयोगमा ३७ र २६ वर्षका २ पुरुषले बलात्कार गरेका थिए । रुसको अल्ताइ क्षेत्रको बर्नाउलमा ती किशोरी तीन तला माथिको झ्यालबाट हाम्फालेकी थिइन् ।

संयोगले ती किशोरी झ्यालमा जाँदा तल दुई पुलिस अधिकारीहरु सार्जेन्ट ओलेग कोरोब्किन र वारेन्ट अफिसर अलेक्जेन्डर बुदुसेभ थिए । त्यही बाटो कक्षामा जान लागेकी अर्की पुलिसकर्मी ओल्गा बेब्को पनि उनीहरुलाई सहयोग गर्न आइन् । उनीहरुले किशोरीलाई शान्त रहन आग्रह गर्दै थिए तर अचानक किशोरीले हाम्फालिन् । ती दुई पुरुष पुलिस अधिकारीले ती किशोरीहातमा थापेर भुइामा खस्नबाट बचाए ।

रसियन इन्भेस्टिगेसन कमिटीका अनुसार १९ वर्षकी बलात्कारीकी सहयोगी किशोरीले आफूले चिनेका दुई पुरुषलाई फ्ल्याटमा बोलाएकी थिइन् । उनले पीडित किशोरीलाई पनि बोलाएकी थिइन् । जब पीडित फ्ल्याटमा पुगिन् तीन जनाले उनलाई कुटे र दुई पुरुषले उनलाई बलात्कार गरे । बच्न प्रयासमा ती किशोरी झ्यालबाट हाम्फालेकी थिइन् । सार्जेन्ट कोरोबिनका अनुसार किशोरीको खुट्टामा चोट लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *