निर्देशक चौधरीको निर्देशनमा थारु गीत ‘मै बन बु राजा, तु बन बो रानी’

डिसी नेपाल
२ वैशाख २०७८ १६:०३

काठमाडौँ । थारु संस्कृति र परम्परा जोगाउन कलाकारहरु अहोरात्र खटिरहेका छन् । जसको पछिल्लो उदाहरण हो अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको डान्सिगं शैलिमा तयार भएको थारु गीत ‘मै बन बु राजा तु बन बो रानी’ । निर्देशक रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी बजारमा आएसँगै चर्चा सुरु भएको छ ।

चर्चित संगीतकार सिल शर्माको शब्द संगीत समावेश गीतमा निर्देशक चौधरीले आरजु बैजु र नितेश चौधरीलाई गज्जबसँग खुलाएका छन् । आरजु र नितेशको रोमान्सको दृश्य देख्दा जोकोहीलाई पनि नाचौँ नाचौँ लाग्छ । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नितेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय रहेको छ । शंकल्प भुजेलको छायांकन रहेको भिडियोमा अर्जुन जिसीको सम्पादन रहेको छ । जसको निर्माताका रुपमा निरज र चंन्दी चौधरी रहेका छन् ।

हेर्नुहोस् भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *