सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो मोबाईल साट्न मिल्ने योजना

डिसी नेपाल
२ वैशाख २०७८ १६:५२

काठमाडौं। स्मार्ट फोन ब्राण्ड सामसङले एनसेलसँगको सहकार्यमा  ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना ल्याएको छ। नव वर्षको अवसरमा सामसङले ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोनमा नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको हो।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँन सक्ने छन्।

नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको कम्पनीले जनाएकाे छ। यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्ने बैंककाे विश्वास छ।

यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम वान कोर र ग्यालेक्सी एम टु स्मार्टफोन लिन सक्ने छन्।

आफुसँग भएको कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्ने छन्। पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुनेछन् । पहिलो सर्तमा पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्ने र दोस्रो, फोनको ब्याट्रि, स्क्रीन र फोन को बडी सहि अवस्थामा हुनुपर्ने कम्पनीले जनाएको छ।

यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि संचालनमा रहने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *