दूरसञ्चार प्राधिकरणको कार्यालय नाचघरमा

डिसी नेपाल
२ वैशाख २०७८ १८:३४

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय सरेको छ । यसअघि कमलादीमा रहेको प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघर जमलको सांस्कृतिक संस्थान अर्थात् व्यापारिक भवनमा सरेको हो ।

प्राधिकरणबाट हुँदै आएका सम्पूर्ण काम आजदेखि जमलस्थित नाचघरबाट प्रवाह भएको जनाइएको छ । आफ्नै कार्यालय भवन नभएको प्राधिकरणले नाचघरको व्यापारिक भवन १० वर्षका लागि भाडामा लिएको हो । प्राधिकरणले नयाँ भवनलाई मासिकरुपमा प्रतिवर्ग फिट रु ७० भाडा बुझाउने गरी सम्झौता गरेको जनाइएको छ ।

प्राधिकरणले यसअघि खुमलटारस्थित रेडियो नेपालको जग्गामा कार्यालय भवन बनाउने तयारी थालेको थियो । बयालिस रोपनी उक्त जग्गामा भवन बनाउने प्रक्रिया शुरु नभएपछि प्राधिकरणले नाचघरको भवनमा कार्यालय सारेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *