आजको मौसम आशिंक तथा सामान्य बदली हुने

डिसी नेपाल
३ वैशाख २०७८ ६:३६

काठमाडौं । शुक्रबार देशका केही भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने जलतथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा मौसम बदली रहेन छ।

महाशाखाका अनुसार केही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्ट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। शुक्रबार राति पनि प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रहने मौसमविद्को भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *