कर्णालीमा नाटकीय राजनीतिक घटनाक्रम, काँग्रेस शाहीको पक्षमा उभियो

डिसी नेपाल
३ वैशाख २०७८ १६:५३
676
Shares

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन्। सो प्रस्तवमाथि प्रदेशसभामा छलफल चलिरहेका बेला काँग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिने बताएको छ।

प्रदेशसभामा बोल्दै काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले काँग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बताए। उनले प्रदेशसभामा बोल्दै काँग्रेस तथस्ट बस्न नसक्ने भएकाले कुनै पक्षलाई मतदान गर्ने अवस्थामा पुगेको बताए। तल परेका साना निमुखालाई काँग्रेसले सहयोग गर्ने नीति लिएकाले अहिले कमजोर देखिएका मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने बताए।

काँग्रेसले नाटकीय रुपमा शाहीलाई समर्थन दिने भएपछि शुक्रबार नै टुंगो लाग्ने यो प्रस्तावले माओवादी नेता शाही नेतृत्वको सरकारको भविष्य टुंग्याउने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *