कवि श्यामदास वैष्णवको निधन
काठमाडौं। कवि श्यामदास वैष्णवको शुक्रबार साँझ ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको छ। उनी लामो समयदेखि विरामी थिए। उनको जन्म १९८१ साल साउन ५ गते काठमाडौँमा भएको थियो।
नेपाली साहित्यमा उनका ७ वटा कृति प्रकाशित भएका छन्। महाकवि लक्ष्मी प्रसाद देवकोटाका प्रिय व्यक्ति रहेका वैष्णवले देवकोटाका धेरै पुस्तकहरु लेखेका थिए। कवि वैष्णव गोरखा दक्षिण बाहु, महेन्द्र प्रज्ञा पुरस्कार, त्रिमूर्ति पुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार र नइ देरूनीख प्रदीप्ति पुरस्कारबाट सम्मानित भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment