काठमाडौंलगायत देशका विभिन्न भागमा शक्तिशाली हुरीबतास

डिसी नेपाल
४ वैशाख २०७८ १७:५५
692
Shares

काठमाडौं। शनिबार अपरान्ह साढे पाँच बजेपछि काठमाडौं उपत्यकालागयत देशका विभिन्न भागमा शक्तिशाली हुरीबतास चलेको छ। प्रि मनसुन सक्रिय हुने चरणमा रहेका बेला पश्मिी वायुको प्रवेशसँगै शक्तिशाली हुरी बसात चलेको हो।

हुरी बतास चलेसँगै देशका विभिन्न भागमा विद्युत आपूर्ति पनि रोकिएको छ। तर, क्षतिको विवरण भने प्राप्त भइसकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहानै हुरीबतास चल्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको थियो।

यसअघि शुक्रबार साँझ पनि शक्तिशाली हुरीबतास चलेको थियो। जसले केही क्षतिसमेत गरेको थियो। अहिले घर बाहिर रहेका मानिसहरु समस्यामा परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *