गृहमन्त्रीमा पुनःनियुक्त बादलले लिए शपथ

डिसी नेपाल
५ वैशाख २०७८ १८:५५
172
Shares

काठमाडौं। सांसद पद गएपछि मन्त्रीबाट आइतबारै मुक्त भएर आतबार नै पुनःनियुक्त भएका रामबहादुर थापा बादले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गृहमन्त्रीमा पुनःनियुक्त भएका उनलाई राष्ट्रपति विद्यादेवी भणडारीले शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ दिलाइन्।

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित थापा माओवादी त्यागेर एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको कारबाहीमा उनको सांसद पद गएको थियो। आइतबार उनको पद गएपछि उनी स्वतः मन्त्रीबाट पनि पदमुक्त भएका थिए। तर, पद मुक्त भएको केही घण्टामै उनी फेरि गृहमन्त्रीमा नियुक्त भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *