सके एमाले आफ्नो बनाउने, नसके वैधानिक रुपमा छुट्टिने नेपाल समूहको योजना
काठमाडाै। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल माधव कुमार नेपाल समूह आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुगेको छ । ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय समितिमा मनोनयनलगायतका सबै खनाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो ।
निर्वाचन आयोगलाई सम्बोधन गर्दै पठाइएको दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारकतासम्बन्धी निवेदनमा पार्टीमा गम्भीर विवाद सिर्जना भएको उल्लेख गर्दै यसमा निर्णय गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
सके एमाले आफ्नो बनाउने, नसके वैधानिक रुपमा छुट्टिने खनाल नेपाल समूहको तयारी रहेको छ
खनाल नेपाल समूहले बहुमत पदाधिकारी आफ्नो पक्षमा रहेकाले पार्टी सञ्चालनको आधिकारिकता आफूमा रहेको दावी गरेको छ।
ओलीले सोमबार महाधिवेशन आयोजन समिति बोलाएको अवस्थामा त्यसको वैधतामाथि प्रश्न उठाइएको छ ।
एमाले अनुशासन आयोगले समेत फागुन २८ को निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
कान्तिपुर दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment