मलेसियाको लगातार विकेट गुम्यो

डिसी नेपाल
६ वैशाख २०७८ १४:०२

काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । त्रिवि मैदानमा जारी खेलमा मलेसियाले लगातार २ विकेट गुमाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले आठौँ ओभरमा चौथो विकेट गुमाएको छ । मलेसियाका साइद अजीज क्याच आउट भए । उनी दिपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेखको हातबाट क्याच भएका हुन ।

यसअघि विरन्दीप सिंह ११ बलमा ६ रन बनाएर आउट भए । उनलाई सोमपाल कामीले बोल्ड गराए । यस्तै मलेसियाले ३.१ ओभरमा दोस्रो विकेट गुमाएको हो । मलेसियाका अहमद फैज रन आउट भए । उनी ५ बलमा ३ रन बनाएर आउट भए । यस्तै त्यो भन्दा पहिला मलेसियाका अनवर अरुद्दिन ८ रन बनाएर आउट भए । उनी करण केसीको बलमा विकेटकिपर बिनोद भण्डारीको हातबाट क्याच भए । आठौँ ओभरको खेल सकिँदा मलेसियाले ५१ रन बनाएर ४ विकेट गुमाएको छ ।

जारी सिरिजमा नेपालले एक खेल खेलेको छ । नेदरल्याण्डसँग पहिलो खेल खेलेको नेपालले शानदार जित हासिल गरको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *