त्रिदेशीय सिरिजः नेपालको कसिलो बलिङ, मलेसिया १०९ रनमा समेटियो

डिसी नेपाल
६ वैशाख २०७८ १४:४२

काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । त्रिवि मैदानमा जारी खेलमा
नेपालले कसिलो बलिङ गरेको छ । टस जितेर बलिङ गरेको नेपाललाई मलेसियाले ११० रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको मलेसिया पुरा २० ओभर खेल्न सकेन । मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनायो । मलेसियाका शाइद अजीजले सर्वाधिक २७ रन बनाए । २४ बल खेलेका उनलाई खेलको आठौं ओभरमा दिपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेखले क्याच आउट गराए । यस्तै शार्विन मुनियान्डीले २० तथा शफिक शरिफले १५ रन बनाए ।

नेपालका करन केसीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *