त्रिदेशीय सिरिजः कुशलको आक्रामक अर्धसतक
काठमाडौं । त्रिदेशीय टी२० सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालको ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन् ।
उनले २६ बलमा अर्धसतक पुरा गरेका हुन् । भुर्तेलले ३ चौका र ५ छक्का प्रहार गरे । ११० रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा ७५ रन बनाएको छ । अर्का ओपनर आसिफ शेख २३ रनमा खेलिरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment