अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगितामा पुरस्कृत

डिसी नेपाल
७ वैशाख २०७८ ५:०२

डिसीनेपाल अमेरिका ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय महिला समितिको आयोजनामा १११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्य पारी, समितिले विश्व महिला खुल्ला कविता प्रतियोगित्मक कार्यक्रम आयोजना गरीएको र उक्त कार्यक्रमको लागि-“महिलाजिवनमा आधारित “ बिषयमा कविताहरू आव्हान गरिएको र छनौट समितिबाट छानिएका प्रतियोगिहरू वाचन कार्यक्रम अप्रैल १८, आईतबार सम्पन्न भयो।

कार्यक्रमको सन्चालन अनेसास महिला समितिकी सन्योजक उर्मिला निर्दोषीले गर्नु भएको र कार्यक्रम शुरूमा वहॅाले कार्यक्रम माथी महत्व दिदै “सन्तुलित साथै स्वच्छ समाज निर्माण’मा महिलाका सोचाइ र सृजनाका विषयहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने कुराबताअनुभयो।

संयोजक निर्दोषीले बताउनुभयो , ‘आमाहरू हरेक बच्चाका पहिलो शिक्षक, हरेक महिलाहरू घर गृहस्थीको मुटु र महिलाहरू नैसमाजका मेरूदन्ड हुन् । महिलाका सृजनाहरू समाजका दर्पण र उनीहरूकाे अन्तरमनका भावनाहरूका साथै सामाजिक पथप्रदर्शकपनि हुन् । त्यसैले यस्ता प्रतियोगिताहरू समय*समयमा अरू संस्थाहरूले पनि गर्नुपर्ने जोडदीनुभयो।

कार्यक्रममा संसारभरिबाट कवयित्रीहरूले सहभागिता रहेको थियो। प्रतियोगि सष्टाका वाचन र सृजनाहरूले शभा नै स्तव्ध भएकोथियो।“महिला प्रतिको सामाजिक सोचको परिवर्तन र समान लैन्गीक समाज स्थापना अपरिहार्य आजको आवश्यकता” माथी जोडदार दिईएका रचनाहरूले समाजको पृतीस्तात्मक सोच र ज़्यादती, ब्यवहर, क़ानून, पुलिस, प्रसासन , सरकार, व्यवस्थापनको परिवर्तनकुराहरू विभिन्न छन्द र गध्य रचना सुनाईएका थिए! प्रतियोगि सष्टाहरू तीनवटा माहादेशका र बिभिन्न सामाजिक, आर्थिक , शैक्षिकक्षेत्रहरूबाट र पेशाहरूका हनुहन्थ्यो ।

साथै कार्यक्रममा बिभीन्न साहित्यानुरागी, अग्रज कवि, कवयित्री तथा अनेसास केन्द्र र अनेसास बोर्ड अफ ट्रष्टिकाअधिकांशव्यक्तित्वहरू र छनौट समितिका निर्णायकहरूज्यू हरू समेतको गरी ठूलो सहभागिता रहेको थियो।

उक्त प्रतियोगिताका लागि साहित्यकार सीता पाण्डे,समालोचक लीला लुइँटेल र सुप्रसिद्ध कवि लालगोपाल सुवेदीलाई निर्णायकका रूपमा मनोनयन गरिएको थियो ।पुरस्कृत तथा वाचनका लागि छनोट गरिएका रचना चयनप्रक्रिया प्रभाव तथा दवावमुक्त रहेको समालोचक लीला लुइँटेलको धारणा थियो ।पुरस्कृत बहेकका चौध पन्ध्रवटा कविता पनि पुरस्कृत कविताकै हाराहारीका अब्बल रहेको धारणा साहित्यकार सीता पाण्डेले बताउनुभयो ।गद्य कवितामा विम्ब तथा प्रतीकको योजनाकौशल र छन्दकवितामा पदलालित्यसहितको परिपाकबाट कविता कति बुलन्द बनेको छ भन्ने आधारमा अन्तिममा कुन कविता प्रथम , कुन द्वितीय र कुन तृतीय भनेर छुट्याइन्छ भन्ने अनुभव बाँड्दै अन्तर्मनको सरस्वतीले अह्राएबमोजिम अत्यन्त कडा परिश्रमबाट पुरस्कारका लागि कविता चयन गरिएको धारणा कवि लालगोपाल सुवेदीले व्यक्त गर्नुभयो ।स्मरणीय छ सबैजसो प्रतियोगी कविहरूको प्रभावशाली वाचनशैलीका कारण प्रस्तुत कविताहरूमा निकै राम्रो पाइन चढेको थियो ।

बोर्ड अफ ट्रष्टिकी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम अनेसास केन्द्रिय अध्यक्ष प्रकाश माइला पौडेल ज्युलेशुभकामना सन्देश दिदै र कार्यक्रमको अति सरणी गर्नुभएकोथियो। साथै कार्यक्रममा बोर्ड अफ ट्रष्टिका दोव्य उपाअध्यहरू- पुरू सुवेदी र पदम बिश्वकर्माले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएकोथियो ।

वाचन पछि , छनौट समितिले अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगिताको निर्णयहरलसुनाइएको थियो र पुरस्कृतकल्पना तामाङ -अमेरिका, उत्तरअमेरिका (प्रथम, ५०० डलर ) , विन्दा पराजुली , जापान, एसीया (द्वितीय, ३०० डलर) र विष्णुमाया विभू- नर्वे ,यूरोप (तृतीय, २००) लाई निर्णय सुनाई हार्दिक वधाई ज्ञापन गरिएको थियो! कार्यक्रमा पुरस्कार दाताहरूको पनि उपस्थित थियो।

कार्यक्रमको सन्चालन अनेसास महिला समितिकी सन्योजक उर्मिला निर्दोषीले गर्नुभएको थियो र समापन अनेसासका माहासचीब सवज्ञवाग्ले सबै उपस्थित महानुभावहरू, सहयोगीहरू , पुरस्कारको रक़म सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापनका साथ गर्नुभएकोथियो। कार्यक्रम अतिनै रोचक थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *