लुम्बिनी प्रदेश हाप्किडो च्याम्पियन

डिसी नेपाल
७ वैशाख २०७८ २१:१९
60
Shares

काठमाडौं । लुम्बिनी प्रदेशले चौँथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । आज सम्पन्न प्रतियोगितामा लुम्बिनीले सात स्वर्ण, आठ रजत र १२ कास्य पदक प्राप्त गर्दै च्याम्पियन बनेको हो ।

यस्तै प्रतियोगितामा सात स्वर्ण, सात रजत र ११ कास्य पदकसहित वाग्मती प्रदेश दोस्रो तथा पाँच स्वर्ण र दुई कास्यसहित गण्डकी प्रदेश तेस्रो भएको छ । पुरुषतर्फ लुम्बिनीका गोपाल विक तथा महिलातर्फ गण्डकीकी मोनालीसा मल्ल उत्कृष्ट खेलाडी घोषित भए । बुद्ध राई प्रतियोगिताको उत्कृष्ट रेफ्री छानिए ।

प्रदेश नं २ विजयाकुमारी वाइवा उत्कृष्ट प्रशिक्षक भएका छन । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । नयाँ वर्ष २०७८ को अवसरमा नेपाल मार्शल आर्टस् हाप्किडो सङ्घको आयोजनामा भएको चार दिने उक्त प्रतियोगितामा सातै प्रदेशका ७०० भन्दा बढी खेलाडीको सहभागिता रहेको मुख्य प्रशिक्षक सुस्मिता गुरुङले जानकारी दिए ।

समापन समारोहमा प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई खानेपानी मन्त्री मणिचन्द्र थापा, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष नैनाकला थापा, नेपाल मार्शल आर्टस् हाप्किडो सङ्घ एवं दक्षिण एशियाली हाप्किडो महासङ्घका अध्यक्ष कालीबहादुर घर्तीमगर, गण्डकी प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली, गण्डकी प्रदेश खेलकूद परिषद्का कार्यकारी सदस्य तारामाया थापालगायतले पुरस्कार प्रदान गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *