माओवादीलाई दुत्कार्दै आएका ओली अब के चाहन्छन्? अबका कदम के हुन्?

डिसी नेपाल
९ वैशाख २०७८ ६:५९

काठमाडौं। प्रधानमन्त्री  केपी शर्मा ओली सत्ता साझेदारी विना पनि आफ्नो सरकारलाई बहुमत पुर्याइदिने नेकपा माओवादी केन्द्रलाई तिम्रो समर्थन चाहिँदैन फिर्ता लैजाऊ भनेर हरेक दिनजसो तिता शब्दहरु प्रयोग गर्दै सो दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरिरहेका हुन्छन्। उनलाई अहिले कुनै दलको समर्थन चाहिएको छैन।

उनीसँग लहसिन थालेको जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर, राजेन्द्र महतोको समूहबाट पनि उनी तटस्थतामात्र चाहन्छन्। संसदमा कुनै दलबाट पनि आफूमाथि विश्वास रहेको प्रमाणित हुने गरी मत आओस् भन्ने उनको चाहना छैन।

त्यसो भए ओली के चाहन्छन्? ओलीका अबका कदम के हुन् त? के जसपाका नेता ठाकुरको समूहलाई सत्तामा साझेदार बनाउँछन्? किन आफूसँग हाल भएको संसदको बहुमत गुमोस्, आफूलाई आफ्नो दलवाहेकका अरु दलले विश्वासको मत नदिउन् भन्ने चाहन्छन्?

पार्टीको केन्द्रीय समितिको बैठकमा उनले हालै प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा पार्टी नेता कार्यकर्ताहरुलाई उनले जुनसुकै बेला पनि निर्वाचन घोषणा हुने अवस्था आउन सक्ने भएकाले निर्वाचनको तयारी गर्नु पर्ने उल्लेख गरेका छन्। तर, त्यो अव अचानक कसरी आउँछ भन्ने चाहिँ उनले उल्लेख गरेका छैनन्।

आफू सत्तामा पनि टिकिरहने तर बहुमत पनि नचाहिने अनौठो रणनीतिमा छन् ओली। विपक्षमा बहुमत पुग्न दिँदै नदिने र आफूलाई पनि बहुमत नचाहिने ओलीको रणनीति नै अहिले नेपालको सत्ता समीकरणको मूल रणनीति हो।

आफ्नो साथमा दुईतिहाइ बहुमत हुँदा हुँदै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालको सत्ता र शक्तिको आकांक्षा संबोधन र व्यबस्थापन हुन नसक्दा त्यो पार्टी विघटनको तहमा पुग्यो। नेपालको सत्तामा दीर्घकालीन हक जमाउन सक्ने शक्तिका रुपमा विकास हुँदै गएको नेकपा एकाएक तहसनहस भयो, टुक्रा टुक्रा भयो।

यही परिस्थितिमा ओलीले आफू अल्पमतमा परिसकेको संसद भंग गरिदिएका थिए। सर्बोच्च अदालतले उनको कदम गैरसंबैधानिक ठहर गरिदिए र संसद व्युँताइदिएपछि राजनैतिक नैतिक धरातलमा अप्ठेरोमा परेका ओली पुनर्जिवित संसदको सलामती चाहँदैनन् किनकि यो संसदमा उनको दल र नेतृत्वका लागि सहज बहुमत छैन। सत्ता बार्गेनिंगका लागि कुनै दलले बहुमत दिन खोजे पनि सो बहुमत अल्पकालीनमात्र हुन्छ भन्ने बुझाइमा प्रधानमन्त्री ओली देखिन्छन्।

आफू सत्तामा पनि टिकिरहने तर बहुमत पनि नचाहिने अनौठो रणनीतिमा छन् ओली। विपक्षमा बहुमत पुग्न दिँदै नदिने र आफूलाई पनि बहुमत नचाहिने ओलीको रणनीति नै अहिले नेपालको सत्ता समीकरणको मूल रणनीति हो। त्यसका लागि जनता समाजवादी दललाई सन्तुलनमा राख्नुपर्ने हुन्छ।

किनकि जसपाले पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिदिए ओलीको सत्ता ढलिहाल्छ र देउवाको नेतृत्वमा कांग्रेस, माओवादी र मधेशीको त्रिशंकु सरकार गठन हुने अवस्था आउँछ। ओलीले जसपाका नेताहरु महन्त ठाकुर र राजेन्द्र महतोलाई आफू निकट ल्याउन सफल भएको पनि देखिएका छन्।

ठाकुर महतो ओलीतिर लागेका कारण तत्काल ओलीका विपक्षमा कसैको पनि बहुमत पुग्ने अवस्था छैन। र, केही समय यही अवस्थामा राख्न चाहन्छन् ओली।

अनैतिक, निरंकुश, गणतन्त्रविरोधी, प्रतिगामी, भ्रष्ट, जनविरोधीजस्ता अनेक अनेक उपनाम दिएर विरोध गरे पनि त्यही सरकारलाई समर्थन गरिराख्न र ओलीलाई एकलौटी बहुमतको सरकार चलाउन दिन प्रचण्ड वाध्य छन्।

ओलीलाई सत्तोसराप गर्दै हरेकपल धारेहात लगाउँदै हिडेको माओवादी नेतृत्व ओलीको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने हिम्मत गर्न असमर्थ छ। समर्थन फिर्ता लियो कि ओलीको सरकार अल्पमतमा पर्छ र अल्मतको सरकारविरुद्ध कि अविश्वासको प्रस्ताव राख्नुपर्छ कि ओली आफैंले मलाई संसदको विश्वास छ भनेर प्रमाणित गर्न संसदमा विश्वासको मत आह्वान गर्नुपर्ने हुन्छ।

बहुमतको समर्थन हुँदा हुँदै विश्वासको मत लिन ओलीलाई अप्ठेरो परिरहेको छ र जसपालाई आफ्नो पक्षमा नपारुन्जेलसम्म प्रचण्डले पनि ओली सरकारबाट समर्थन फिर्ता लिन सकिरहेका छैनन्। अनैतिक, निरंकुश, गणतन्त्रविरोधी, प्रतिगामी, भ्रष्ट, जनविरोधीजस्ता अनेक अनेक उपनाम दिएर विरोध गरे पनि त्यही सरकारलाई समर्थन गरिराख्न र ओलीलाई एकलौटी बहुमतको सरकार चलाउन दिन प्रचण्ड वाध्य छन्।

प्रचण्डको पार्टी माओवादी केन्द्र तलतलसम्म विघठित अवस्थामा छन् र पहिलाका नेता कार्यकर्ताहरु तितरवितर भइसकेका छन्। यो हालतमा प्रचण्ड अर्को संसदीय चुनावको पक्षमा छैनन्। बरु उनी पनि अनेक साम दाम दण्ड भेदका उपाय लगाएर महन्त ठाकुरलाई आफूतिर बनाउन प्रयासरत छन् जुन तत्कालका लागि सम्भव देखिँदैन।

सार्वजानिकरुपमा गाली गर्दा गर्दै संसदमा समर्थनमा भोट हाल्न माओवादीका लागि सजिलो छैन। तर, ओलीको योजना फेल गराउन माओवादीले समर्थन गरिहाले ओलीले अर्को रणनीति बनाएका छन्। स्रोतअनुसार, माओवादीले समर्थनमा मत दिए आफ्नै दल एमालेका आफू निकटका सांसदहरुलाई संसदमा अनुपस्थित गराउने र बहुमत पुग्ने अवस्थाबाट रोक्ने उनको रणनीति छ।

त्यसैले माओवादी दलको समर्थन हुँदा हुँदै पनि सो दलका नेताले सार्वजानिक विरोध गरेकै आधारमा ओली अव आफूमाथि संसदको विश्वास छ भन्ने प्रस्ताव संसदसमक्ष राखेर प्रक्रिया अघि बढाउने मुडमा पुगेको बताइएको छ। उनको यो प्रस्ताव संसदबाट पारित नहुने अवस्था छ किनकि सार्वजानिकरुपमा गाली गर्दा गर्दै संसदमा समर्थनमा भोट हाल्न माओवादीका लागि सजिलो छैन।

तर, ओलीको योजना फेल गराउन माओवादीले समर्थन गरिहाले ओलीले अर्को रणनीति बनाएका छन्। स्रोतअनुसार, माओवादीले समर्थनमा मत दिए आफ्नै दल एमालेका आफू निकटका सांसदहरुलाई संसदमा अनुपस्थित गराउने र बहुमत पुग्ने अवस्थाबाट रोक्ने उनको रणनीति छ।

आफैंलाई यसरी अल्ममतमा पार्ने तर अरुलाई पनि बहुमत पुर्याउन नदिने ओलीको रणनीतिका पछाडि ठूलो दलको नेताका हैसियतले अल्पमतको सरकार चलाउने र त्यस्तो सरकारले विश्वासको मत नपाउने हुँदा संबैधानिक व्यबस्थाअनुसार त्यसले संसद विघटन गर्न पाउँछ।

अल्पमतको सरकारले फेरि संसद विघठन गर्ने र आगामी मंसीरमा संसदको नयाँ निर्वाचन गर्ने ओलीको रणनीति छ। ओलीका यी रणनीतिका पछाडि एउटै पूर्वसर्त छ त्यो हो महन्थ ठाकुरको समूहले देउवा र प्रचण्डलाई समर्थन गर्नु हुँदैन र यो समूह तटस्थ बस्नुपर्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *