सलमान खानको फिल्म ‘राधे’को ट्रेलर रिलिज

डिसी नेपाल
९ वैशाख २०७८ १२:४३

काठमाडौं। सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को ट्रेलर रिलिज भएको छ । एक्सनले भरपुर यो फिल्मबाट सलमान करिब डेढ वर्षपछि पर्दामा फर्किंदैछन् । यसअघि सलमानलाई दबंग ३ मा देखिएको थियो जुन २०१९ को डिसेम्बरमा रिलिज भएको थियो । प्रभु देवाको निर्देशनमा बनेको फिल्म राधे १३ मेमा सिनेमाघरका साथै ओटिटीमा जीप्लेक्समा रिलिज हुनेछ ।

सलमान खानले फिल्ममा राधे नामको पुलिसको भूमिका गरेका छन् जसलाई मुम्बइमा ड्रग्स र अपराध नियन्त्रण गर्ने जिम्मेवारी दिइन्छ । फिल्ममा सनमान यसअघि रिलिज भएको फिल्म वान्टेडमा जस्तै देखिएका छन् । रोचक त के भने वान्टेड मा पनि सलमानको नाम छद्म नाम राधे नै थियो । र, यो फिल्ममा पनि सलमानले वान्टेडकै चर्चित डाइलग बोलेका छन् । ट्रेलरमा सलमान युनिफर्ममा भने देखिएका छैनन् । सलमानको अपोजिट दिशा पाटनी छिन् र फिल्ममा मुख्य खलनायक रणदीप हुड्डा छन् । गोविन्द नामदेव, ज्याकी श्राफ पनि फिल्ममा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *