गोकर्णेश्वरस्थित महादेव मन्दिरको गजुर पुनःप्रतिस्थापन

डिसी नेपाल
९ वैशाख २०७८ १७:५८
52
Shares

काठमाडौं। गोकर्णेश्वर नगरपालिकास्थित गदाधर नारायण तथा माता पार्वती मन्दिरको गजुर पुनःप्रतिस्थापन गरिएको छ। गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यमा सो महादेव मन्दिरको गजुर बिहीबार पुनःप्रतिस्थापन गरिएको हो।

गोकर्णेश्वर महादेव मन्दिरमा तामा पातामा संवरण लेपन गरी छाना छाउने नपुग रकम भने नगरपालिकाले व्यहोर्ने घोषणा गरेको छ।

गजुर पुनःप्रतिस्थापन कार्यक्रममा छाना निर्माण समितिका अध्यक्ष कोमलबहादुर बिष्ट, नगरपालिकाका सबै वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *