धुलिखेल नगरपालिकालाई उपहारमा भारतले दियो अत्याधुनिक एम्बुलेन्स

डिसी नेपाल
९ वैशाख २०७८ २०:२६
216
Shares

काठमाडाैं। धुलिखेल नगरपालिकाले ‘स्वस्थ्य सहर’ अन्तर्गत विभिन्न कार्यक्रम अघि बढाइरहेका बेला भारत सरकारले अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सहयोग गरेको छ। भारत सरकारले बिहीबार एक कार्यक्रमकाबीच एम्बुलेन्स नगरप्रमुख अशोक ब्याञ्जुलाई हस्तान्तरण गरेको हो।

नगरप्रमुख ब्याञ्जुले एम्बुलेन्स प्राप्त गरेसँगै नगरबासीलाई थप सेवालिन मद्दत पुग्ने  बताएका छन्। ९८ लाख १६ हजार ३ सय १७ रुपैयाँको उक्त एम्बुलेन्स भारत सरकारले सहयोग स्वरुप प्रदान गरेको नगरप्रमुख ब्याञ्जुले डिसी नेपाललाई जानकारी दिए। उनले भने ‘अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स भारत सरकारबाट सहयोग प्राप्त भएको छ। अब नगरबासीलाई थप सेवा लिन मद्दत पुग्नेछ।’

भारत सरकारले गरेको एम्बुलेन्स सहयोगले नगरपालिकाको स्वस्थ्य शहर बनाउने अभियानमा उर्जा थपिएको नगर प्रमुख ब्याञ्जुको भनाइ छ। यो एम्बुलेन्स धुलिखेल नगरपालिका आफैँले सञ्चालन गर्ने उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *