अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोप पुन प्रयोगलाई सिफारिस

डिसी नेपाल
११ वैशाख २०७८ ३:४२

वासिंगटन डिसी । अमेरिकाके रोग नियन्त्रण तथा रोकथाम केन्द्रका स्वास्थ्य सल्लाहकारहरुले जोन्सन एन्ड जोन्सनको कोभिड १९ को खोप पुनः सञ्चालन गर्न सुझाव दिएका छन् । सल्लाहकारहरुको बैठकले अप्रिल २३ तारिक शुक्रबार यस्तो निर्णयसहितको सुझाव दिएका हुन् ।
करिव दश दिनपहिले यो खोप दिनलाई रोक लगाइएको थियो । केही व्यक्तिहरुमा खोपलगाएपछि समस्या देखिएको थियो त्यसपछि सिडिसी र एफडिएले अप्रिल १३ मा यो खोप प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । र, यसबारे पुन अनुसन्धान गरी निर्णय गर्ने बताएको थियो ।
अमेरिकी सरकारले खोप प्रयोग गर्ने अनुमति दिएदेखि झन्डै ८० लाख खोपहरू प्रयोग गरेको र यसमध्ये असामान्य क्लटका १५ वटा केसहरू देखिएका थिए । यी सबै महिलाहरू थिए र तिनीहरूमध्ये प्रायजसो ५० वर्षमुनिका थिए । यीमध्ये तीनजनाको मृत्यु भएको र सातजना अस्पतालमा भर्ना भएका थिए ।
तर, थप अनुसन्धानपछि खोपको प्रयोग गर्दा यसको फाइदा अत्याधिक भएको र जोखिम नगन्य नै भएकोले सल्लाहकार समितिले यो खोज पुन प्रयोग गर्ने अनुमति दिएको हो । समितिको पुन सिफारिसअनुसार अमेरिकामा १८ बर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूका लागि जोन्सन एण्ड जोन्सनको खोप अपतकालिन प्रयोगका लागि सिफारिस गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *