पार्टी विवाद थाँती राख्न प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

डिसी नेपाल
१२ वैशाख २०७८ १४:०२
104
Shares

काठमाडौं। कोरोना अनियन्त्रित र विकराल बन्दै गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी विवाद थाँती राख्न आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समयका लागी पार्टी विवादलाई थाँती राख्न र उद्घाटन, शिलान्यासजस्ता कार्यक्रम नगर्न आग्रह गरेका हुन्।

उनले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गर्दै कोरोना अनियन्त्रितबारे सरकारले गरेको प्रयास र योजनाबारे आफूले सुन्न चाहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘केही समय, उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दछु। कोरोना अनियन्त्रित र विकराल बन्दैछ। यस अवस्थामा जनता स्वयं प्रधानमन्त्रीबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन् । दुःखको बेला जनता भरोसा खोजिरहेका छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *