१६ गतेदेखि १ हप्ता लकडाउन गर्ने तयारी, बेलुका मन्त्रिपरिषदले निर्णय गर्ने

डिसी नेपाल
१३ वैशाख २०७८ १३:५८

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा आगामी बैशाख १६ गतेदेखि लकडाउन गर्ने तयारी गरेको छ । यसको औपचारिक निर्णय मन्त्रिपरिषदले गर्नेछ । यसका लागि प्रस्तावको ड्राफ्ट तयार भइसकेको स्रोतले जनाएको छ ।

अहिले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ । यो बैठकले मन्त्रिपरिषदलाई सिफारिस गर्नेछ । त्यसपछि आज बेलुकी बस्ने मन्त्रिपरिषद बैठकले यस विषयमा औपचारिक निर्णय गर्नेछ । सुरुमा १ हप्ताको लागि लकडाउन गर्ने तयारी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *