सलमान खानको फिल्म ‘राधे’को पहिलो गीत रिलिज

डिसी नेपाल
१३ वैशाख २०७८ १७:१९

काठमाडौं। सलमान खान र दिशा पाटनी स्टारर फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ को पहिलो गीत ‘सीटी मार’ सोमबार सार्वजनिक भएको छ । बहुप्रतिक्षित फिल्मका निर्माता तथा मुख्य कलाकार सलमान खानले सामाजिक संजालमा फ्यानहरुसँग गीतको भिडियो सेयर गरेका छन् । सलमान र दिशाको केमेस्ट्री र क्रेजी डान्स स्टेप यो डान्सिङ नम्बर गीतमा हेर्न लायक छ ।

‘सिटी मार’ बोलको गीतको संगीत भने देवी श्रीप्रसादले गरेका छन् । जबकि शब्बीर अहमद यसको गीतकार हुन्। कमाल खानसँगै सलमान खानकी कथित गर्लफ्रेण्ड युलिया भन्तुरले यो गीतमा आवाज दिएकी छिन् । प्रशंसकहरूले गीत मन पराएका छन् । रिलिज भएको ५ घण्टामै ६ मिलियन भन्दा धेरैले गीत हेरिसकेका छन् । यो गीत अल्लु अर्जुन र पूजा हेग्डेको तेलुगू फिल्म ‘डिजे’को मौलिक गीत ‘सीटी मार’ को हिन्दी रिमेक हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *