मन्त्रिपरिषद बैठकः देशका विद्यालय बन्द, हवाई उडान यथावत
फाइल तस्वीर
काठमाडौं। सरकारले देशभरका विद्यालय बन्द गरेको छ। अर्को निर्णय नभएसम्मका लागि विद्यालय बन्द गर्ने कोभिड संक्ट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो।
सीसीएमसीले सिफारिस गरेअनुसार स्वास्थ्य मापदण्डहरु पनि स्वीकृत भएको एकमन्त्रीले जानकारी दिए। उनकाअनुसार सीसीएमसीले गरेका सिफारिसमा केही परिमार्जन गरेर मन्त्रिपरिषदले निर्णय गरेको छ। विद्यालय बन्द गर्ने, सहरी क्षेत्रमा ५ सय र गाउँमा २ सय सक्रिय संक्रमित भए निशेधाज्ञा जारी गर्ने सीसीएमसीको सिफारिस मन्त्रिपरिषदले स्वीकृत गरेको छ।
यस्तै सीमा नाकामा क्वारिन्टिन व्यवस्थापन गर्ने, हवाई मार्गबाट नेपाल आउने नेपालीले होम क्वारिन्टिन र विदेशी नागरिकले होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। दैनिक कोरोना संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment