ममिन शाक्यको पप गीत ‘सायद’ सार्वजनिक
काठमाडौं। गायक ममिन शाक्यको पप गीत सायद सार्वजनिक गरिएको छ। युट्युब प्लेटफार्ममा नौलो डिजिटलको च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतमा ममिन शाक्यको सुमधुर स्वर रहेको छ भने शब्द विनोद थापा मगरका हुन्। गीतमा संगीत चर्चित संगीतकार गोपाल रसाइलीले दिएका छन्।
गायक ममिनको यो दोस्रो प्रस्तुति हो। यसअघि उनले २०१४ मा ‘आधा रातमा’ बोलको गीत बजारमा ल्याएका थिए। म्युजिक भिडयोमा सुदित श्रेष्ठ र सोनिया विष्टको जीवन्त अभिनय रहेको छ। म्युजिक भिडियोको छायाँकन ज्ञानोन चित्रकारले गरेका हुन् भने निर्देशन ज्ञानोन चित्रकार र सुदित श्रेष्ठले गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment