हटस्पट वीरगञ्जः अस्पतालमा भरिए विरामी

डिसी नेपाल
१३ वैशाख २०७८ २३:२३

काठमाडौं। कोरोना महामारीको दोस्रो लहर तिब्ररुपमा फैलिँदा भारतसँगको सीमाना जोडिएको पर्साको वीरगञ्ज कोरोनाको हटस्पट बनेको छ। दैनिक संक्रमितको संख्या बढेपछि अस्पताल विरामीले भरिएका छन्। जनता समाजवादी पार्टी वीरगञ्जका अध्यक्ष ओमप्रकाश श्राफले सोमबार साँझ समाजिक सञ्जाल फेसबुकमा नारायणी अस्पतालको तस्वीर पोस्ट गरेका छन्। अस्पतालको आकिस्मक वार्डमा एउटै बेडमा दुई तीनजना विरामी राखेको तस्वीरमा देखिन्छ।

श्राफले डिसी नेपालसँग भने, ‘वीरगञ्जको अवस्था निकै भायवह बनेको छ। अस्पताल विरामीले भरिएको छ।’ उनका अनुसार पर्सामा हाल करिब ७ सय संक्रमित होम आइसोलेसन र करिब ६० जना अस्पतालमा उपचाररत रहेको बताए। वीरगञ्जमा हाल ८५० जना सक्रिय संक्रमित रहेका छन्। उनले प्रदेश नम्बर २ मा कोरोना डेडिकेड अस्पताल नरहेको भन्दै प्रदेशका सबै जिल्लामा समस्या रहेको बताए। उनले छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर शुरु भएपछि आवश्यक तयार गर्नुपर्नेमा प्रदेश सरकारले कुनै तयारी नगरेको बताए। उनले प्रदेश सरकारले धेरै पहिला कोभिड अस्पताल बनाउने निर्णय गरे पनि कार्यान्वयन नहुँदा अहिले समस्या भएको बताए।

उनका अनुसार कोरोना संक्रमण दर पनि निकै उच्च रहेको बताए। उनले कोरोनाको परीक्षण गराउने मध्ये करिब ७० प्रतिशत संक्रमित देखिने गरेको बताए।

वीरगञ्जमा कोरोनाको दोस्रो लहर शुरु भएपछि १३ जनाको मृत्यु भइसकेको छ। दुईजनाको सोमबारमात्र कोरोनाका कारण मृत्यु भएको थियो।

तस्वीरः ओमप्रकाश श्राफको फेसबुकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *