एमाले नेता रिजाल कोरोना संक्रमित
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल कोरोना संक्रमित भएका छन्। मंगलबार उनले आफू संक्रमित भएको जानकारी दिएका हुन्। उनले ट्वीटरमाफर्त आफू कोरोना संक्रमित भएको र घरमै आइसोलेशनमा रहेको जानकारी दिएका छन्।
स्मरण रहोस बालुवाटारमा आइतबार बसेको एमाले महाधिवेशन आयोजक समितिको बैठकमा नेता रिजाल सहभागी भएका थिए। सो बैठकको अध्यक्षता प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।
मंगलबार नै एमालेका अर्का नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment