गण्डकी प्रदेशः ‘फ्लोर क्रस’ हुने आशंकामा सांसदहरु एउटै होटलमा
काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका दलहरुले ‘फ्लोर क्रस’ हुने आशंकामा आफ्ना सांसदहरुलाई एकै ठाउँमा राखेका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सांसदलाई सोमबारदेखि लेकसाइडका रिसोर्ट र होटलमा राखेका हुन् ।
सत्ता पक्षले प्रलोभनमा पार्न सक्ने भएकाले सांसदलाई होटलमा राखिएको ती पार्टीले जनाएका छन् । माओवादी केन्द्रका सांसद दीपक कोइरालाले भने टाढाबाट आउने सांसदलाई आउजाउमा समस्या हुने भएकाले होटलमा बस्ने व्यवस्था गरिएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment