करेन्ट लागेर मृत्यु

डिसी नेपाल
१५ वैशाख २०७८ २२:५६

सिन्धुली । यहाँ करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेको नेपालगञ्ज निवासी अन्दाजी २३ वर्षीय विशाल चौधारीको करेन्ट लागेर मृत्यु भएको हो ।

कमलामाई नगरपालिका–८ करकरेस्थित जङ्गलमा विद्युत् बनाउन खम्बामा चढेका विशाललाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । काम गर्ने क्रममा करेन्ट लाग्दा विशाललाई करेन्टले विद्युत्को तारमा नै झुन्डाएको थियो ।

हाइटेन्सन लाइनको काम गर्ने कामदार रहेका विशालको घटनास्थलमा नै मृत्यु भएको र हाल शव परीक्षणका लागि सिन्धुली अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । यस्तै उनिसँगै काम गर्दै आएका सोही ठाउँ ठेगाना भएका अन्दाजी २४ वर्षीय मायाराम चौधरीलाई पनि करेन्ट लागेको छ । मायारामको अवस्था सामान्य नै रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *