पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय बढीमा कोरोना संक्रमण

डिसी नेपाल
१६ वैशाख २०७८ १७:१९

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

बिहिबार देशभर थप ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५९७ जनाकोृ पीसी आर परिक्षण गर्दा ४ हजार ८३१ जनामा र ९६३ जनाको एन्टीजेन परिक्षण गर्दा ९७ जनामा गरी ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको कारण ३ हजार २४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *