पवित्र पहाडमा उपद्रो गरेर फरार युवतीले प्रहरीलाई नै चुनौती दिइन्

डिसी नेपाल
१७ वैशाख २०७८ १४:५७

काठमाडौं। रुसकी वयस्क फिल्मस्टार भेरोनिक त्रोसिना अहिले निकै विवादमा छिन् । उनले इण्डोनेसियाको पवित्र पहाडमा वयस्क फिल्म खिचिन् अनि त्यसलाई इन्टरनेटमा शेयर समेत गरिन् । यो भिडियो भाइरल भएपछि इण्डोनेसियाको पुलिस सतर्क भइसकेको छ र भेरोनिका तथा उनका ब्वाइफ्रेण्डको खोजी गरिरहेको छ । उता यी फिल्मस्टार अझै पनि सामाजिक संजालमा सक्रिय छिन् र पुलिसलाई नै उल्टै चुनौती दिइरहेकी छिन् ।

भेरोनिकाले टिकटकमा आफ्नो स्टाटस अपडेट गर्दै लेखेकी छिन् ‘तपाइँले कहीँ न कहीँ मलाई देख्नुभएको होला ।’ गिरफ्तारी र जेल सजायको खतरामा रहेकी भेरोनिकाले यस बीचमा अर्को भिडियो पनि पोस्ट गरिसकेकी छिन् । रिपोर्टका अनुसार भेरोनिकाले आफ्नो भिडियो १ मिलियन पटक हेरिएपछि स्टाटस बदलेकी हुन् । यो स्टाटसको माध्यबाट उनले इण्डोनेसियाको पुलिसलाई चुनौती दिइरहेकी छिन् । पुलिसले अझै पनि यो जोडीको खोजी गरिरहेको छ र यो जोडी इण्डोनेसियामै छ कि छैन भन्ने पत्ता लगाउने कोसिस गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *