स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले संवेदनशील बन्न स्वास्थ्य मन्त्रालयको अपिल

डिसी नेपाल
१७ वैशाख २०७८ १६:५१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा शय्या (बेड)उपलब्ध गराउन नसक्ने अवस्था आएको भन्दै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।

मन्त्रालयले शुक्रबार एक अपील जारी गर्दै स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन आग्रह गरेको हो ।

देशभरका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै मन्त्रालयले सकेसम्म ती ठाउँमा नजान पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।
मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *