राष्ट्रिय सूचना आयोगको विनय कसजु पुरस्कार ५ जनालाई
काठमाडौं। राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट सूचना अभियन्ता पुरस्कार पाँचजनालाई दिने निर्णय गरेको छ। आयोगका अनुसार उदयपुरको त्रियुगा नगरपालिकाका अजयकुमार साह, बाराका मुन्नाकुमार मिश्र, धनुषाका शैलेन्द्रकुमार महतो, झापाका इश्वरी तिवारी, र पर्साका रामपुकार रौनियारलाई दिने निर्णय गरेको हो।
यस्तै उत्कृष्ट सूचना अधिकारी पुरस्कार पनि पाँचजनालाई दिने निर्णय गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार राष्ट्रिय मुस्लिम आयोगका दयारम तिवारी, थाहा नगरपालिका मकवानपुरका सुरजकुमार भुजेल, प्रदेश निर्वाचन कार्यालय कैलालीका राजेश चौधरी, जिल्ला हुकाल कार्यालय ताप्लेजुङका नवराज गिरी र जिल्ला हुलाक कार्यालय खोटाङका सरोज खतिवडालाई उत्कृष्ट सूचना अधिकारी पुरस्कार दिने निर्णय गरिएको छ।
यस्तै आयोगले आयोगमा कार्यरत तीनजना कर्मचारीलाई पनि पुरस्कार दिने निर्णय गरेको छ। उपसचिव कपिल प्रसाद उपाध्याय, कानुन अधिकृत शान्ति काफ्ले र कम्युटर अपरेटर राजीव गौतमलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो।
आयोगले गत वर्ष कोरोना महामारीका कारण पुरस्कार वितरण गर्न नसकिएको तर यो वर्षबाट पुरस्कारलाई निरन्तरता दिइएको बताएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment