अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध

डिसी नेपाल
१८ वैशाख २०७८ १:४९

वासिंगटनडिसी । अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रालाई प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले मे ४ मंगलबारदेखि लागू हुने गरी भारत र भारतभूमिबाट हुने अमेरिका यात्रा रोक्ने निणर्य गरेको हो ।

विभिन्न अमेरिकी संचारमाध्यमहरुमा प्रकाशित समाचारअनुसार, भारतमा कोरोना भाइरसको संक्रमण दर अतिउच्च भएको र कोरोना भाइरस भेरिएन्टको संक्रमण पनि उच्च दरमै रहेको कारण भारतबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निणर्य गरिएको हो ।

यो निणर्य लागू भएका दिनदेखि १४ दिनअघिसम्म भारतमा रहेका कुनै पनि विदेशी नागरिकलाई पनि अमेरिका प्रवेशमा रोक लगाइने भएको छ । यस्तो प्रतिबन्ध अमेरिकी नागरिक र स्थायी बसोबास अनुमति पाएका व्यक्तिका हकमा लागू गरिने छैन।

तर, अमेरिकी नागरिक र ग्रीनकार्ड होल्डरहरुले पनि अमेरिका आउनुअघि पीसीआर टेष्ट गरी त्यसको नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको छ । भारतबाट अमेरिका आउने यात्रामा प्रतिबन्ध लगाउने बारे वाइडेन प्रशासनको निणर्यबारे अमेरिकी संसदलाई समेत जानकारी गराइसकिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *