समाजको पुनःसिर्जना नै साहित्य हो : डा. बिन्दु शर्मा – Dcnepal

समाजको पुनःसिर्जना नै साहित्य हो : डा. बिन्दु शर्मा

नेपाली साहित्यमा समालोचनाको आवश्यक्ता जहिले पनि अपेक्षामै सीमित रह्यो। सहित्यकारभित्रका गुट उपगुटका कारण कसैको प्रमोशन भयो भने कसैको आलोचना। बलियो गुटमा लागेका नराम्रा सिर्जनाहरुले पनि स्थान पाए। कमजोर गुटमा रहेक राम्रा कृतिहरु पनि ओझेलमा परे।

नेपाली साहित्य त्यसमा पनि कवितालाई समालोचना गर्दै आएकी कवि हुन्, डा. बिन्दु शर्मा। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आरआर क्याम्पसमा नेपाली समालोचना प्राध्यापन गर्दै आएकी शर्मा उक्त क्याम्पसको उप–प्राध्यापक पनि हुन्। नेपाली समकालीन कवितामा समावेशीकरण नामक समालोचना कृति भरखरै बजारमा ल्याएकी उनले यसअघि ओकल दोकल पिपल पात कविता संग्रह पनि बजारमा ल्याएकी छन्।

२०७५ सालमा बजारमा आएको उक्त कृतिको गोधुलीमा मालती कविताले मदन पुरस्कारको श्रेष्ठ सूचिमा समेत आफूलाई राखन सफल भएको छ। नेपाली कवितामा आफ्नो कलम चलाउँदै आएकी, कवि तथा समालोचक डा. शर्मा सँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

समकालीन नेपाली कवितामा समावेसीकरण भरखरै बजारमा ल्याउनु भएको छ। ख्याति कमानउन सफल होस्, शुभकामना । मैले यहीबाट सुरुवात गरेँ यो पुस्तकभित्र विषेश के छ ?

यो पुस्तक भरखरै प्रज्ञा प्रतिष्ठानले बजारमा ल्याएको छ। यसमा खासगरी हाम्रो राजनीतिक वृत्तमा खासगरी ६२/६३ को आन्दोलन पश्चात उठेको आवाज हो। लोकतान्त्रिक पक्रियाको महत्वपूर्ण पक्ष पनि हो समावेसीकरण। सबै राज्यका निकायहरु समावेशी हुनुपर्छ। सबै जात जाति वर्ग सम्प्रदायको भन्ने जुन अवधारणा छ। त्यो अवधारणालाई समकालीन नेपाली कविताले कसरी आत्मसाथ गरेका छन् त भन्ने विषयमा नै यो कृति केन्द्रित छ। त्यसलाई मैले खोतल्ने प्रयास गरेकी छु।

यो खोतल्दा मैले दुईवटा कुरा फेला पारेँ। एउटा के हो भनेकविताका माध्यमबाट सीमान्तृत, लिंग, जात सम्प्रदाय, क्षेतीयता, भौगोलिकताका सीमान्तृत पक्षहरुछन् तिनीहरुलाई राज्यको मुलधारमा ल्याउनका लागि आलोचना र दवाव दिने उद्देश्यले लेखिएका कविताहरु छन केही। र केहीँ पहिलेदेखिनै नेपाली कवितामा स्थापित जुन खालको सांस्कृतिक झाँकी, मिथक, हिन्दू धार्मिक पौराणीयक कथामा आधारिक मिथकहरुको बर्सच्व थियो। महाभारतमा आधारिक मिथकहरुको बर्सच्व थियो। र, रही आएको छ ती एकल जातीय सांस्कृतिक सम्पदा सँगसँगै जनजाति अथवा अन्य सीमान्तृत जातजातिका धार्मिक सांस्कृति पक्षहरुलाई पनि कवितामा समावेस गर्नु पर्छ भन्ने पनि छ।

समग्रमा भन्दा एउटा राजनीतिमा आफ्नो समावेशीकरण खोजीएको छ भने अर्को साहित्यमा पनि आफ्नो उपस्थिति खोजिएको छ। अझ भन्दा कविताभित्र आफ्नो अनुहारको खोजी गरिएको छ।

नेपाली समकालिन कवितामा महिलाको अवस्था के छ ?

पछिल्लो अवस्थामा नेपाली साहित्यमा महिलाको अवस्था सन्तोषजनक छ। साठीको दशकपछिको अवस्थामा साहित्यमा महिलाको अवस्था सम्मान गर्न लायक छ। तर, त्यो भन्दा अगाडिको अवस्था लेखनमा आइरहेको तर, बैचारिक रुपमा हस्तक्षेप नगरेको अवस्थाथियो। यद्यपि त्यो भन्दा पहिला नआएको हैन, आउनु भएको हो। तर, त्यो बेलामा स्थापित मूल्य मान्यताकै अनुकरण महिला साहित्यकारले गर्नु भएको थियो। आदर्शबादी चेतना जुन थिए, अहिले पनि छन्।

आदर्शसमाज निर्माणको लागि महिलाको त्यागका कुरा, समर्पणका कुरामा जसरी पुरुष कविहरुले कलम चलाउनु हुन्थ्यो त्यही अनुसार महिला साहित्यकारहरुले पनि अनुकरण गरेको देखिन्थ्यो। तर, ६२/६३ को आन्दोलन पछि महिलाका लेखाइहरुमा हकहितका कुरा, पुरुष सरह महिला पनि हुनुपर्छ भन्ने सोचको कुरा आएको छ, समानताको चाहनले लेखिएका कृतिहरु पनि सबलताका साथ आएका छन्। त्यो पनि प्रगतिशिल साहित्यकारहरुले केही आलोचनाका कुरा बाहेक आफलाई स्थापित गरेका छन्।

साहित्यमा समावेशीकरण कसरी सम्भव छ ?

मैले दुईटापक्ष भने, मुलतः मैले खोजेको समावेशीकरण भनेको राज्यले जुन खालको हाम्रो संविधान मै समाबेसी लोकतान्त्रिक गणतन्त्र, समाबेसीता, धर्मनिरेपेक्षा भनेर संविधानको मर्ममै उल्लेख गरिएको कुरा हो। र यो खालको राजनीतिक चिन्तनलाई वा यो अवधारणालाई कविताले कसरी आत्मसाथ गर्यो त। विभिन्न सम्प्रदाय, जातीय समूदायहरुले आफ्नो उपस्थिति राज्यमा हुनुपर्छ, आफ्नो अधिकारको दाबी राज्यसँग गरिरहेको अवस्थामा कविताले कसरी गरे भन्ने विषयमा मेरो अध्ययन थियो।

त्यो हेर्दाखेरी एकदमै हस्तक्षपकारी ढंगले आफ्नो अधिकार कडा रुपमा मागेको र नभए खोसेर लिने, त्यसका लागि क्रान्ति नै भएपनि गर्ने, जस्तो सुकै मूल्य पनि चुकाउने भन्ने हिसाबले समकालीन कविताले राज्यसँग र सीमान्तकृत समूदाय, जसलाई राज्यको मूलधारमा आउन सकेका छैनन्, त्यहाँ गराउने उद्देश्येको नेतृत्व गरेर , त्यो आवाजलाई मुखर बनाएर, लेखिएका कविताहरु बढी समावेशी करणको दृष्टिकोणले बढी सशक्त छन्। यसरी हेर्दाखेरी कविहरु पनि राजनीतिक चेतनाबाट निरपेक्ष रहेनछन्, राज नेताहरुभन्दा सशक्त चेतना कवितहरुमा रहेछ भन्ने लाग्यो। सबैको समावेशीकरणको आवाज नेपाली कवितामा उठेको रहेछ।

साहित्यमा विचार भएन भने साहित्य नै हुँदैन। मूलत विचारलाई मियो बनाएर, त्यो विचारलाई पाठक समक्ष कसरी पुर्याउने, त्यो पाठकसम्म पुर्याउने तरिका र शिल्प अबलम्बन गर्दाखेरी त्यो साहित्य बन्छ। मूल कुरो विचार हो, कस्तो विचार आफूले लिने र पाठकसम्म पुर्याउने भन्ने कुरामा साहित्य लेखिने हो। त्यसैले गर्दाखेरी साहित्य बैचारिक नै हुन्छ। साहित्यमा विचार आउनु हुँदैन भन्ने एक खालको विचार छ त्यो पनि विचार हो।

साहित्यकारमा राजनीतिक चेतनामात्र छ कि राजनीति नै गछर्न ?

चेतना सबैभन्दा ठूलो कुरा हो। चेतनाले नै आफूमाथि भएको विवेकको बोध गराउने हो। साहित्यकार त्यो अन्य गर्न निकाएमा पुगेको मान्छे होइन, उनीहरुले राज्यसत्तालाई दबाब गर्ने हो। हरेक क्षेत्रको आ–आफ्नो भूमिका हुन्छन। राजनीतिक चेतना शसक्त भएकै कारण कविहरुले त्यो दबाव राज्यलाई दिन सकेका छन्। त्यसमा पनि एक किसिमको नभइकन विविधता भएको पाइन्छ। जातीय शोषण उत्पीडन, बालबालिका, बृद्ध, क्षेत्रीयता, लैङ्गिकता सबै क्षेत्रको अधिकारको बारेमा उठान गर्नु राजनीतिक रंगभन्दा पनि चेतना नै हो भन्छु मैले।

साहित्यकारमा उटउपगुट हुनु, पुरस्कार लिन दिन पनि आफ्नो गुटको हुनुपर्ने यो राजनीतिक रंग होइन र ?

त्यो रंग त छदै छ। मैले भनेको कवितामा त्यो खालको रंग देखिएको छैन। व्यक्तिहरुमा त छ। कवि र कवितालाई तेसरी छुट्याएर हेर्न नहुने हो। तर, हाम्रोमा त्यो विवादास्पद विषय छ। कविता साह्रै क्रान्तिकारी लेख्न तर, व्यक्तिको चरित्र पुरातनवादी, व्यवहार सामान्तवादी चिन्तन देखिन्छ। साहित्यकाकारको व्यवहारमा हेर्दा साहित्यकारहरु चरम गुट उपगुट हुने, एउटा गुटको उथ्थान र अर्को गुटको आलोचनामा त्यतिकै सक्रिय हुने, त्यो भन्दा पनि बढी व्यथिति पुरस्कार संस्कृतिमा भएको पाइन्छ। पुरस्कार पनि सट्टापट्टा गरेको पाइन्छ। लाभमा आधारित रहेर पुरस्कृत गर्ने चलन रहेको छ। त्यो दुःखको कुरा पनि हो र विकृति पनि हो।

राजनीति गर्ने झुटा हुन्छन्, कविहरु सत्य हुन्छन भन्ने भनाइ छ। तर, नेपालमा त त्यस्तो देखिदैन नि ?

देशको मुलनीति राजनीति पनि संक्रमणकालीन अवस्थामा छ। राजनीतिले पनि कतिपयकुराहरुलाई निर्धारित गर्छ। अहिले त्यो व्यवहार देखिएको छ। साहित्यकार लेखन र व्यक्तित्वमा उस्तै देखिएको पाइदैँन। यो संक्रमण होला अपेक्षा गरौं चाँडै यो संक्रमणबाट मुक्त हुन्छौं।

अर्को कुरा दुःखकासाथ भन्नु पर्छ। हाम्रो देशमा राजनीतिले साहित्यलाई दिशा निर्देश गरिरहेको पाइन्छ। राजनीतिमा आएको समावेशीकरणको नारा अहिले हामीले त्यसलाई पछ्याइरहेका छौं। अपेक्षा त के हो भने कविहरुले उठाएका विषयहरु राजनीतिमा लागू हुने हो। राजनीतिले उठाएका विषयहरुमा कविता हुनु भनेको राजनीति अघिअघि र साहित्य पछिपछि लागेको देखिन्छ।

साहित्यमा विचारले कस्तो भूमिका निर्वाह गर्छ ?

साहित्यमा विचार भएन भने साहित्य नै हुँदैन। मूलत विचारलाई मियो बनाएर, त्यो विचारलाई पाठक समक्ष कसरी पुर्याउने, त्यो पाठकसम्म पुर्याउने तरिका र शिल्प अबलम्बन गर्दाखेरी त्यो साहित्य बन्छ। मूल कुरो विचार हो, कस्तो विचार आफूले लिने र पाठकसम्म पुर्याउने भन्ने कुरामा साहित्य लेखिने हो। त्यसैले गर्दाखेरी साहित्य बैचारिक नै हुन्छ। साहित्यमा विचार आउनु हुँदैन भन्ने एक खालको विचार छ त्यो पनि विचार हो।

साहित्यमा माक्सवादी विचार, प्रगतिशील विचार मात्र देखिन्छ। साहित्यमा कलावादी विचार पनि छ नि त। जुन सुकै भए पनि साहित्य विचारबाट निर्देशित हुन्छ। चाहे त्यो अग्रगामी होस् चाहे पश्चगामी होस्। चाहे क्रान्तिकारी होस् जाहे पुँजीवादी खालको होस,त्यो विचार चाही साहित्यमा आउछ नै। साहित्यको आत्मा नै विचार हो भन्छु।

कवितामा द्वन्द्वात्मकताको प्रयोग बढी भएको पाइन्छ। विद्रोही स्भावका कारण हो की अहिलेको आश्यक्ता नै हो ?

हाम्रो समाज विकास, सभ्यता विकासलगायतका हरेककुराहरु द्वन्द्वबाट भएका हुन्। द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको प्रेरक भएर पनि होला हैन। हरेक कुराहरुमा द्वन्द्व हुन्छ। अहिलेको कविताले सीमान्कृत वर्गका आवाजहरुलाई सबैको माझ ल्याइरहेको छ। त्यो के हो त भन्दा खेरी पहिलेदेखि नै दविएका थिए। पहिला एउटा वर्गले अर्को वर्गलाई दबाइरहेको थियो, अहिले त्यो वर्ग उठन खोजी रहेको छ।

तपाईँ नारी चेतनाको कुरा गर्नु हुन्छ भने पनि पृति सत्ताले नारीहरुको सोच्ने कुरालाई नै दमन गरेर राखिदियो। त्यो दमबाट मुक्ति हुनका लागि पृत्ति सत्तासँग नलडी भएनन नि त। हाम्रो प्रक्रिाया नै द्वन्द्वात्मकताबाट अगाडि बढ्ने हो। विचार पनि त्यसबैबाट आउने हो। मैले जानेर सिद्धान्त बुझेर लेख्ने भन्दा पनि समाजबुझ्दा आफै आउने कुरा हुन। समाजका भोगाइलाई मैले काव्यमा ढाल्दा द्वन्द्वात्मकता देखिन गएकोहो।

नेपाली साहित्यमा यहाँको औपचारिक प्रवेश कहिले भयो? सबै भन्दा पहिलाको साहित्य के थियो ?

मैले २०५६ सालबाट औपचारिक रुपमा साहित्यमा प्रवेश गरेकी हुँ। ५० को दशकबाट लेख्न थाले पनि प्रकाशनमा भने ५६ सालमा भएको हो। मैले पूर्णिमाको जुन भन्ने गीतबाट आफ्नो औपचारिक साहित्यको सुरुवाती गरेकी हुँ। ५१ सालमा पनि कविता लेखेर पत्रिकामा छपाउने भनेर पठाएँ, स्तर पुगेको थिएन होला प्रकाशित भएनन्।

साहित्यका धेरै विधाहरु हुँदाहुँदै पनि कवितामा नै किन जानु भयो ?

छोटो र भाव अभिव्यक्त गर्न सजलो भएकाले कविता रोजेँहुँला जस्तो लाग्छ। पाठ्यक्रममा पढ्ने कथा तर्फ कहिलै पनि ध्यान गएन। पछिल्लो समय त लेखेँ। कविता जस्तो झट्ट आफ्नो कुरा लेख्दा खेरी आख्यानमा जस्तो लम्बेतान भूमिका बाँधेर लेख्नु पर्दैन कवितामा। सेचततापूर्वक किन रोजेँ भन्ने पनि थाहै छैन।

छन्दमा नितान्त छन्द लेखिँदै छ कविता लेखिएको छैन। किन भने, पछिल्लो समय छन्दका बारेमा तालिम दिइएको छ, सिकाइएको छ। एउटा साँचोमा भरेजस्तै अक्षर भरिएको छ। इट्टा बनाउने साँचोमा माटो भरेजस्तै । शुत्रवद्धता छ। त्यो छन्द मात्र लेखिने कुराबाट मुक्त गरेर कविता लेखिनु जरुरी छ।

कवितामा पनि छन्दमुक्त कवितामा कलम चलाउनु भएको छ। छन्दमा कविता लेख्नु भयो कि भएन ?

छन्दमा म आकर्षित नै भएन। पाठकीय संस्कारले पनि प्रभाव पार्छ होला। पहिले स्कूमा पढदा पनि गुरुहरुले राम्रो छन्द बाचने गरेर गुरुहरुले पढाएको सम्झना छैन।

मिठासपूर्ण ढंगले बाचन नगरिदिएपछि, पढ्दा कविता नबुझिने, बाचन गर्नै जानिएन। आइए र बिए पढ्दासम्म पनि कविताको धेरै नजिक थिएन। साहित्यिक कार्यक्रममा जाने वातावरण पनि भएन। म बाचनमा आकर्षित नै भएन।

एमएको कक्षा लिन थालेपछि कविताको अध्ययन गर्न थालेकी हुँ। त्यो बेलामा भूमिशेरचन र पारिजातका कविताहरु पढ्दा विचारलाई कसरी विम्बमा उनेर प्रस्तुत गर्ने भन्ने भूपिको कलाबाट साह्रै प्रभावित भएँ। त्यसपछि मलाई व्यक्तिगत रुपमा सोध्नु हुन्छ भने भूपिका कविताको अगाडि कुनै पनि छन्द कविता भेटिँन। पाठ्यक्रममा भएका छन्द कविता पढ्नु र पढाउनु बाहेक स्वतन्त्ररुपमा छन्द कवितातर्फ लागेन।

समालोचकको आँखाबाट हेर्दा नेपाली कविताको स्थान कहाँ छ ?

आख्यान, नाटक, निवन्ध, समालोचनाको हेर्नुहुन्छ भने सबैभन्दा पहिलो स्थान कविताको। कवितामा प्रयोग भएको सिल्प, विविधता, चिन्तन यी तीन वटै कुराले अत्यन्तै समृद्ध, अत्यन्तै सम्पन्न र अत्यन्तै परिमार्जित विधा कविता हो। साहित्यिक पाठकको कमिको हिसाबले बजारमा कविताहरु धेरै विक्रि नहोलान। मेरो विचारमा त कविताको पाठक पनि फरक हुन्छन् जस्तो लाग्छ। एउटा आख्यानको पाठक बन्न सामान्य लेखपढ गर्न जान्ने भए पुग्छ। तर, कविताको पाठक बन्नका लागि त साहित्यिक व्यक्तित्व नै हुनुपर्छ। मेरो बुबाआमाले पनि आख्यान पढ्नु हुन्छ। बुझ्नु हुन्छ। किन कि त्यो एउटा घटनामा आधारित हुन्छ। लेखनको गुणात्मकता र संख्यात्मकतामा कविता अग्रस्थानमा नै छ।

कवितामा आवश्यक सुधारोन्मुख कुराहरु के के छन् ?

छन्दमा नितान्त छन्द लेखिँदै छ कविता लेखिएको छैन। किन भने, पछिल्लो समय छन्दका बारेमा तालिम दिइएको छ, सिकाइएको छ। एउटा साँचोमा भरेजस्तै अक्षर भरिएको छ। इट्टा बनाउने साँचोमा माटो भरेजस्तै । शुत्रवद्धता छ। त्यो छन्द मात्र लेखिने कुराबाट मुक्त गरेर कविता लेखिनु जरुरी छ।

यता गद्द तिर हेर्नुभयो भने, कवितालाई अनुच्छेदमा राखिदिने हो भने कविता नै निबन्ध बन्छ। निबन्ध जस्ता कविताहरु लेखिन थालेका छन्। त्यसले अभिव्यञ्जनात्मक अभिव्यक्तिको सामर्थ, अर्थात विम्बात्मक अभिव्यक्तिको सामर्थलाई गुमाउँदै गएको छ। यो दुई किसिमको कमजोरी छ त्यो बाट समकालीन कविता मुक्त हुनु पर्छ। कविता सरल सम्प्रेसित विधा होइन यो बौद्धिक विधा नै हो। यसको काव्यात्मक मर्म जुन हो त्यो खस्किदै जान्छकी भन्ने चिन्ता हो पछिल्लो समयमा आख्यानमा अरु आउनु भएको छ त्यसैगरी भूपिशेरचनको दाजोमा अरु कविहरु पनि आउनुहुन्छ भन्ने लाग्छ।

भविश्यको साहित्य कस्तो हुनुपर्छ ?

समाजको पुनर्सिर्जन नै साहित्य हो। त्यसैले समाजलाई पुनर्सिर्जन गर्न सक्ने हुनु पर्छ। समाजसँग विच्छेद नभइकन, जीवनसँग विच्छेद नगरिकन समाजको पुनर्सिजन भइरह्यो र त्यो पनि अग्रगामी ढंगले । यस्तै साहित्यको अब खाचोँ छ र सम्भवतः हाम्रो साहित्यको विकास क्रमलाई हेर्दाखेरी हुँदै पनि गहिरहेको छ। गुरुप्रसाद मैनालीको आदर्शवादी यथार्तबादलाई अहिले हामीले यथार्तवादमा छौ। आख्यानहरुमा आइरहेको छ। कवितामा पनि छ। निबन्धमा अलि कम छ। त्यो पनि हुन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो