नेपाली सेनाद्वारा १ सय बेडकाे अक्सिजनसहितकाे आइसाेलेसन सेन्टर निर्माण

डिसी नेपाल
१८ वैशाख २०७८ १२:२३
148
Shares

काठमाडौं । नेपाली सेनाले बसुन्धरामा १ सय बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउन थालेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार बसुन्धारामा रहेको राधेराधे सत्संगको भवनमा उक्त आइसोलेसन सेन्टर निर्माण गर्न थालिएको हो।

प्रवक्ता पौडेलले डिसी नेपालसँग भने, ‘५० जना पुरुष र ५० जना महिलालाई राख्न सक्ने गरी अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउन लागेका हौं। काम धमाधम चलिरहेको छ।’

उनका अनुसार अस्पतालमा भएको भीडलाई कम गर्न त्यहाँ आइसोलेसन सेन्टरको निर्माण गर्न थालिएको हो। अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने र अक्सिजनको आवश्यक्ता पर्ने व्यक्तिहरुलाई राख्नका लागि उक्त आइसोलेसन सेन्टरको निर्माण गरिएको प्रवक्ता पौडेलले जानकारी दिए।

नेपाली सेनाले संकटका बेला सधै आफूलाई जनताको साथमा उभ्याउँदै आएको छ। पछिल्ला दिनमा नेपालमा कोरोनाको प्रभाव बढ्दो क्रममा छ। उपत्यकामा अत्याधिक कोरोना फैलिन थालेपछि बैशाख १६ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *