जंगलमा बम भेटिएपछि बम डिस्पोजल टोली बोलाइयो, जाँच गर्दा सुरक्षाकर्मी लाजले भुतुक्कै – Dcnepal

जंगलमा बम भेटिएपछि बम डिस्पोजल टोली बोलाइयो, जाँच गर्दा सुरक्षाकर्मी लाजले भुतुक्कै

काठमाडौं। जंगलमा बम ह्याण्ड ग्रेनेड देखिएपछि त्यहाँ भएका मानिसहरु त्रसित बने । बम योस्पोज गर्नको लागि डिस्पोजल टोली बोलाइयो । सुरक्षाकर्मी आवश्यक सबै उपकरण र तयारीसहित घटनास्थलमा आए । तर, जब सुरक्षाकर्मीले त्यो वस्तुको जाँच गरे त्यसपछि उनीहरु लाजले भुतुक्कै भए । त्यो वस्तु कुनै बम थिएन बरु बमको आकारप्रकारसँग दुरुस्तै देखिने गरी बनाइएको सेक्स टोय (यौन खेलौना) थियो ।

मेट्रोको रिपोर्टअनुसार घटना जर्मनीको एक जंगलको हो । जंगलमा हाते ग्रेनेड फेला परेको भन्दै बम डिस्पोजल टोली बोलाइएको थियो । तर, यो सम्भाव्य विस्फोटक पदार्थ भनिएको वस्तु रबरको सेक्स खेलौना भएको पाइयो जुन जंगलमा फ्याँकिएको थियो। सोमबार जर्मनीको अस्ट्रिया र चेक गणतन्त्रसँग जोडिएको सीमानजिकैको सहर पासाउबाहिर एक जना मर्निङ वाक गर्ने व्यक्तिले जंगलमा एक उपकरणसहितको झेला भेटिएको रिपोर्ट गरेका थिए ।

सूचनापछि पुलिसको बम स्क्वाड आएर त्यो वस्तुको निरीक्षण गरे त्यसपछि उनीहरुले यो रबरको ग्रेनेडको प्रतिरुप भएको बताए । झोलामा भेटिएका कण्डम र लुब्रिकेटिङ क्रिमले त्यो वस्तुको सम्भाव्य प्रयोगबारे अनुमान गर्न केही सहयोग गरे । पुलिसले जर्मन समाचार एजेन्सी डिपीएसँग भन्यो ‘इन्टरनेटमा सर्च गरेपछि शंकाको पुष्टि भयो । खासमा हाते ग्रेनेडको स्वरुपमा यौन खेलौनाहरु बजारमा उपलब्ध छन् ।’

पुलिसका अनुसार यी वस्तुका मालिकले ती वस्तुहरु कुनै डस्टबिनमा नराखी फ्याँक्न चाहन्थे । तर, जर्मनीमा दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्षपछि पनि त्यतिबेलाका विष्फोटकहरु अहिलेसम्म भेटिने क्रम जारी रहेकोले स्थानीय त्रसित बनेका थिए । गत हप्ता मात्र जर्मनीको दक्षिणमा रहेको मानहेइन सहरमा घर बनाउने क्रममा ११ सय पाउण्डको दोस्रो विश्वयुद्धको समयमो एरियल बम भेटिएको थियो । त्यहाँ पहिले अमेरिकी सैन्य बेस थियो । त्यो बम डिफ्युज गर्ने क्रममा ३ हजार मानिसलाई त्यहाँबाट हटाइएको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो