एनआरएनए यूकेको निर्वाचन जुलाई अन्तिममा

डिसी नेपाल
१९ वैशाख २०७८ ८:४४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वको लागि निर्वाचन आगामी जुलाईको अन्तिम साता हुने भएको छ । एनआरएनए युकेको शुक्रवार साँझ बसेको बैठकले संघको ८औं महाधिवेशन तथा निर्वाचन आगामी जुलाई ३१ तारिख, शनिवारका दिन गर्ने निर्णय गरेको हो ।

संघकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा ७ घण्टा चलेको बैठकले निर्वाचन समितिको प्रमुख आयुक्तमा संघका पूर्वअध्यक्ष तथा संरक्षक महेन्द्र कंडेललाई सर्वसम्मतले चयन गरेको छ । संघको नयाँ नेतृत्वको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षहरु रोजिना प्रधान राई, प्रेम गाहामगर, सुनिल खड्का र इंल्याण्ड राज्यपरिषदका अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि एनआरएन यूकेले एमआईएसमार्फत १ अप्रिलदेखि १० जुन तारिखसम्म सदस्यता वितरण थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *