एनआरएनए अल कासिमको अध्यक्षमा पुनःमियाँ निर्वाचित

डिसी नेपाल
१९ वैशाख २०७८ १०:००

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको मातहतमा रहेको क्षेत्रीय समन्वय समिति अल कासिमको चौथो अधिवेशनबाट रमजान दिन मियाँ चुनिएका छन् । यसअघि पनि उक्त समितिको अध्यक्ष रहेका मियाँ २०२१–०२३ कार्यकालका लागि पुनःअध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

शुक्रबार सम्पन्न संघको चौथो अधिवेशनले आगामी कार्यकालको लागि मियाँको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी, उपाध्यक्षमा बिष्णु रावल, सचिवमा ध्रुब कटुवाल, कोषाध्यक्षमा चिरञ्जीवी अर्याल, सह–कोषाध्यक्षमा वीरबहादुर तमाङ, युवा संयोजकमा खिलेन्द्र राज कन्धवा, सदस्यहरुमा नुरुल जमा अन्सारी, बिनोद खड्का, सिद्दी श्रेष्ठ, रमन अर्याल, अर्जुन थापा, बद्री के.सी, अशोक सुवेदी चयन भएका छन् ।

कोरोना महामारीका कारण जुम अनलाइन प्रविधिबाट समिति पदाधिकारीहरुको भौतिक उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास रियादका महावाणिज्य दूतावास जेद्धाका सत्रुघन पोख्रेल, आइसिसी मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, आइसिसी सदस्य यास्मिन बेगम, आइसिसि सदस्य नारायण पास्वान, आइसिसी सदस्य रमेश भन्डारी प्रमुख अतिथिका रुपमा रहेका थिए भने एनआरएनएनसीसी अध्यक्ष तेज बहादुर थापा र एनआरएनएनसीसी उपाध्यक्ष तथा आरसीसी प्रमुख सल्लाहकार बिशाल कुमार श्रेष्ठ विशेष अथितिमा रहेका थिए ।

यसैगरी एनआरएनए एनसीसीका प्रमुख सल्लाहकार डम्बर यादब, साउदी अरबका उपाध्यक्षहरु, एनसीसीका सम्पुर्ण पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मी अतिथि रहेका थिए ।

अध्यक्ष मियाँको सभापतित्व, सचिव विष्णु रावल तथा सहसचिव ध्रुब कटुवालद्वारा संचालित कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण अधिकारीले स्वागत मन्तव्य राखेका थिए । दुई चरणमा समापन गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा सचिव विष्णु रावलले २०१८–२० कार्यकालको कार्य प्रगति प्रतिवेदन र वीर बहादुर तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा बन्दसत्र गरिएको थियो । बन्दसत्रले निर्वाचन बिशाल श्रेष्ठको संयोजकमा गठित निर्वाचन समितिले २०२१–२३ कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन गराएको थियो । समितिले जुम प्रविधिमार्फत उम्मेद्वारी दर्तादेखि निर्वाचनको प्रक्रिया पूरा गराएका थिए । उमेदवारीमा दाबी विरोध नपरेकोले कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुले अल कासिम क्षेत्रीय समितिले गरेका सामाजिक सेवा कार्यको उच्च मुल्यांकन गर्दै नयाँ कार्यसमितिलाई अझै अगाडि बढ्न हौसलाका साथ शुभकामना दिएका थिए । एनआरएनए साउदी अरबको महाधिवेशन नजिकिँदै गर्दा आफ्नो मातहतका स्थानीय समिति तथा क्षेत्रीय समितिहरुको अधिवेशन भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *