माधव नेपाल पक्षले फ्लोर क्रस गर्ने सुइँकाे पाएपछि मुख्यमन्त्रीको राजीनामा

मदन कोइराला
१९ वैशाख २०७८ १०:५१

काठमाडौं। लुम्बिनी प्रदेशसभामा आफ्नो पार्टीको एकल बहुमत पुग्ने अवस्थामा रहेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान अचानक राजीनामा दिए। आफ्नो पार्टी नेकपा (एमाले) को एकल बहुमत हुँदाहुँदै उनले अकस्मात राजीनामा दिएपछि राजनीति एक पटक तरंगित भयो। एमाले स्रोतका अनुसार मुख्यमन्त्रीले ‘फ्लोर क्रस’ हुने डरले राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पोखरेलविरुद्ध गएको बैशाख ६ मै प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। सो प्रस्ताव आज प्रदेशसभामा पेश हुने र त्यसउपर कारवाही अगाडि बढाउने तयारी थियो।

स्रोतका अनुसार आज प्रदेशसभामा प्रस्ताव पेश गर्ने र आजै यसउपर मतदान गर्ने तयारी भइरहेका बेला मुख्यमन्त्रीले प्रदेशसभा बस्नु अगावै राजीनामा दिएका छन्। कूल ८७ सदस्य भएको लुम्बिनी प्रदेशसभामा अहिले ८१ सदस्य कायम छन्।

तीमध्ये पनि एक जना सभामुख भएकोले ८० सदस्यको बहुमत भए यहाँ सरकार बन्छ। संविधानअनुसार मत बराबरी भएमा मात्र सभामुखले मतदान गर्छन् अन्यथा मतदान गर्दैनन्। यहाँका ८७ सांसदमध्ये २ जना माओवादीका सांसदलाई पार्टीले कारवाही गरेको छ र ४ जना जसपाका सांसदलाई पनि पार्टीले कारवाही गरेको छ।

अहिले लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका १ सांसद छन्। सभामुखसहित कूल ८१ सदस्य कायम रहेको लुम्बिनीमा एमालेको ४१ एकल बहुमत हो। तर, एमालेका ४१ जनामध्ये कति जना माधव नेपाल पक्षका छन् भन्ने स्पष्ट छैन।

एमालेका एक उच्च नेताका अनुसार माधव नेपालले केही सांसदहरुलाई फ्नोर क्रस गर्नको लागि सहमत गराइसकेका थिए। नेपालले उता प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पारित गराउनेगरी केही सांसदहरुलाई ‘कन्भिन्स’ गराइसकेको सुइँको पाएपछि पोखरेलले राजीनामा दिएका हुन्।

आज अविश्वासको प्रस्ताव पेश भएको हुने र मतदानमा माधव नेपाल पक्षका सांसदले ‘फ्लोर क्रस’ गर्ने सम्भावना थियो। एमालेका एक उच्च नेताका अनुसार माधव नेपालले केही सांसदहरुलाई फ्नोर क्रस गर्नको लागि सहमत गराइसकेका थिए। नेपालले उता प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पारित गराउनेगरी केही सांसदहरुलाई ‘कन्भिन्स’ गराइसकेको सुइँको पाएपछि पोखरेलले राजीनामा दिएका हुन्।

उता जनता समाजवादी पार्टीले ४ जना सांसदलाई कारवाही गरेपछि ती सांसद निर्वाचन आयोगमा गएका छन्। कूल ६ सदस्य रहेको प्रदेश संसदीय दलमा २ जनाले ४ जना सदस्यलाई कारवाही गर्न नमिल्ने भएकोले यो कारवाही बदर गर्न माग गर्दै उनीहरु आयोग पुगेका हुन्।

४ जनाले संसदीय दलको नेता र सचेतक नै हटाउन सक्ने अवस्था भएकोले सम्भवतः उनीहरुमाथि गरिएको कारवाही बदर हुन सक्ने ती नेताले बताए। यस्तो भएमा प्रदेशसभामा सभामुखसहित ८५ सदस्य कायम हुनेछन्।

त्यो अवस्थामा ठूलो दलको संसदीय दलको हैसियतमा शंकर पोखरेल मुख्यमन्त्री बन्ने र जसपाको समर्थनमा विश्वासको मत हासिल गर्ने तयारी छ। जसपाका ४ सांसदले दलको नेता र सचेतक नै फेरेको अवस्थामा जसपाका अन्य २ सांसदले या त पद त्याग्नुपर्ने अवस्था आउँछ या संसदीय दलको नेताको निर्देशन मान्नुपर्छ। त्यो अवस्थामा आफ्नो पार्टीका २–३ जना सांसदले फ्लोर क्रस गर्दैमा पोखरेललाई असर नपर्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *